भन्सार एजेण्ट इजाजतपत्रको परीक्षा स्थगित 

भन्सार एजेण्ट इजाजतपत्रको परीक्षा स्थगित 

वीरगन्ज, २७ फागुन । भन्सार एजेण्ट इजाजत पत्रको परीक्षा स्थगित भएको छ । भन्सार एजेण्ट इजाजतपत्रको लागि फागुन २८ गते शनिरबार सञ्चालन हुने परीक्षा स्थगित भएको हो ।

क्रिष्टिना धैवले पाटन उच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायधीश भोजराज अधिकारीको एकल इजलासले त्यस विरुद्ध परेको रिटमा दुवैपक्षकोबीचमा छलफल गरी आन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निणर्यपमा पुग्न उपयुक्त हुने भएकोले विपक्षी भन्सार विभागलाई आउँदो चैत्र ६ गते अदालतमा उपस्थित हुन भनेको छ ।

पाटन उच्च अदालतको आदेशपछि भन्सार विभागले शनिबार सञ्चालन हुने परीक्षा स्थगित गरेको सूचना सार्वजनिक गरेको छ । भन्सार विभागबाट २०७७ चैत १६ गते भन्सार एजेण्ट इजाजतपत्रको लागि दरखास्त आह्वान गरेको थियो । सोही दरखास्त आह्वान पाटन उच्च अदालतले नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना प्रकाशित गर्नुपर्नेमा सो

बमोजिम प्रकाशित भएको नदेखिएको भन्दै दुवैपक्षबीच छलफल नभएसम्म चैत्र ६ गतेसम्म परीक्षा स्थगित गर्न मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) र उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमाजिम विपक्षीको नाममा अल्पकालिन आन्तरिम आदेश जारी गरेको छ । भन्सार विभागले भने अर्को सूचना नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ ।