मलुकुलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन सरकार प्रत्यनशील : प्रधानमन्त्री देउवा
वीरगन्ज, २६ फागुन । प्रधामन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार निजीक्षेत्रसँगको सहकार्यमा मुलुकमा औद्योगिक विकासमा तीब्रता दिन चाहेको र निजीक्षेत्रमैत्री नीति, कानूनी पूर्वाधारहरु निर्माण तथा कार्यान्वयन गरी मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन सरकार प्रयत्नशील रहेको बताउनु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ राष्ट्रिय महिला उद्यमी सम्मेलनको वीरगन्जमा उदघाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को महामारीका कारण उद्योग व्यवसाय खासगरी लघु घरेलु तथा साना उद्योगहरुमा परेको व्यापक प्रभाव न्यूनीकरण गरी पुर्नउत्थानका लागि सरकारल थप राहत र छुटको कार्यक्रमहरु कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो ।
सरकारको मुख्य प्राथामिकता विकास र आर्थिक समृद्धि भएको बताउदै प्रधानमन्त्री देउवाले विश्वबजारमा नयाँ अवसरहरु देखा परेको सूचना प्रविधि लगायतका सेवा क्षेत्रको प्रवद्र्धनमा घरेलु तथा साना उद्योगक्षेत्रले लाभ उठाउन आग्रह गर्नुभयो । सरकारले घरेलु तथा साना उद्योगको विकासका लागि ऋण सहुलियत सुविधाहरुको व्यावस्था गरेको, कृषिजन्य उद्योगहरुको लागि सरकारले विभिन्न योजनाहरु ल्याएको बताउदै प्रधानमन्त्री देउवाले सहुलियतको समूचित उपयोग गरी घरेलु तथा साना उद्योग क्षेत्रको दिगो विकासमा जुट्न सबै उद्यमी व्यवसायीहरुलाई अनुरोध गनुभयो ।
महिलाहरुको स्वरोजगारी आत्मनिर्भरताले आर्थिक र सामाजिक दुवैक्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकोले महिला उद्यमशीलतामा सरकार सचेत रहेको र यसका लागि सरकारले विशेष योजनाबद्ध कार्यको थालनी गर्ने जानकारी दिनुभयो । उद्योग व्यवसाय स्थापना र संचालन सम्बन्धी कानूनी प्रकृयालाई थप सरल पारदर्शी बनाउदै मुलुकमा उद्योग लगानीमैत्री वातावरण निर्माण सरकारले प्राथामिकतामा रहेको बताउनुभयो ।
उद्यामशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार स्तरोन्नती गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । बदलिँदो परिवेश अनुकुल हुनेगरी उद्योग व्यवसायलाई गुणस्तरीय सेवा सुविधा दिगो औद्योगिक विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो ।
दुईसम्म चल्ने घरेलु तथा साना उद्योग व्यवसायी महासंघ राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलनले घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई परेको साझा समस्या सम्बोधनका लागि सरकारलाई दबाव दिने गरी घोषणपत्र जारी गर्ने संघले जनाएको छ । मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले सिंहदरबारको सानो विकास गाउँ र नगरमा गएन भने विकास गर्न नसक्ने बताउनुभयो ।
बैंकहरु अहिले पचास बर्ष पूराना साहु महाजन जस्तो भएको पनि बताउनुभयो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी मुलुकमा सबैभन्दा बढी रोजगारी दिने र मूल्य अभिवृद्धि करदाता घरेलु तथा साना उद्योगहरु भएपनि घरेलु तथा साना उद्योगहरुलाई राज्यले कहिल्यै प्राथामिकतामा नपरेको बताउनुभयो ।
बैंकमा विना धितो ऋण नपाउने र सरकारले घरेलु तथा साना उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ आयातामा शतप्रतिशत मार्जिनको नियमले झन समस्या भएको बताउनुभयो । दुईदिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै घरेलु तथा साना उद्योगहरुलाई परेको समस्या समाधानका लागि वीरगन्ज घोषणा पत्र पनि जारी गरिने घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।