लागूऔषध दूरुपयोग नियन्त्रणमा नीतिगत मूलप्रवाहीकरण आवश्यक :गृहमन्त्री नारायणकाजी श्रेष्ठ
वीरगन्ज, ११ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दूरुपयोग, रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले लागु औष दूरुपयोग रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएको र समन्वय र सहकार्यबाट लागू औषध उत्पादन, विक्रीवितरण, सञ्चलय ओसार पसार, उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरणका लागि तीन तहले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको हो ।
लागूऔषध प्रयोगकर्ता बिरामीको सामाजिक पुनस्थापना, जनचेतनलाई अभियानको रुपमा संचालन गर्नुपर्ने र तीनै तहको सरकारको नीति कार्यक्रममा मूलप्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको पनि बताउनु भएको छ ।
मुलुकको सर्वाङ्गिण विकास समृद्धि अनि शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागु औषध अपराध विरुद्धको राष्ट्रिय एकता अपरिहार्य रहेको बताउदै लागु औषध नियन्त्रण सम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगिकार गरेका कार्यक्रमको सफल कार्यान्वयनमा सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता पनि रहेको बताउनुभयो ।
लागुऔषध नियन्त्रण र रोकथामका लागि सम्बद्ध निकायसँग समन्व्य, सहकार्य गरी लागुऔषध दूरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न लागु औषध विरुद्धका प्रवद्धनात्मक र उपचरात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय प्रतिवद्ध रहेको पनि बताउनुभएको छ ।
लागू औषध दूरुपयोगको व्यक्ति, परिवार, समाज, राष्ट्रिय अर्थतन्त्र र सुरक्षा सवालमा पर्ने बहुआयामिक असरसँग जुध्न र स्वस्थ, सभ्य र सम्मुन्नत समाज निर्माणमा एकजुट हुन पनि सबैलाई आह्वान गर्नुभएको छ ।