स्थानीय तहहरुको बजेट आज आउदै
वीरगन्ज, १० असार । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार बिहीबार स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् ।
कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने अधिकांशले बिहीबार (आज) बजेट पेस गर्न लागेका हुन् । संघ, प्रदेश र स्थानीय तहले आफ्नै स्रोतको आधारमा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो ।
त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको भएपनि बजेट ल्याईसकेका स्थानीय तहको बजेट हेर्दा भने खासै परिवर्तित बजेट भने आएको छैन ।