वीरगन्ज कारागारमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान  

वीरगन्ज कारागारमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान  

वीरगन्ज । वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।

पहल संस्था वीरगन्जको आयोजनामा भएको रक्तदानको पर्सा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रगतको पोका हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिलिप राज कार्कीले रगतको पोका ग्रहण गरी रक्तदान गरेर शुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साका सशस्त्र उपरीक्षक तेज प्रसाद पोखरेलले कैदी बन्दी संगै रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेना श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जयराम थापा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, प्रहरी नायव उपरीक्षक प्रहलाद कार्की, सामाजिक अभियन्ता प्रकाश थारु, महेश सिंह धामी लगायत रक्तसन्चार केन्द्रका प्राविधिक इन्चार्ज सौरभराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अत्याधिक गर्मी र निर्वाचनको ब्यस्तताले रक्तदान कार्यक्रम कम भई रगतको चरम अभाव हुनबाट रोक्न कारागारमा समन्वय गरी रक्तदानको आयोजना गरेको संस्थाका अध्यक्ष दिलिपराज कार्कीले बताउनुभयो । यसअघि पनि रगतको अभाव हुदा कारागारमा एक पटक ३१५ जना, दोश्रो पटक ३६६ जनाले रक्तदान गरेको थियो । शनिबार २२६ जनाले रक्तदा गरेका छन् ।