वीरगन्जमा बैशाख २४ गतेसम्म २५ सय भन्दा बढी संक्रमित
वीरगन्ज, २५ बैशाख । कोरोना संक्रमणको दोश्रो लहर शुरु भएपछि बैशाख महिनाको आज सम्ममा वीरगन्जमा २ हजार ४ सय भन्दा बढी कोरोनाका संक्रमित भएका छन् । गएराति वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ४ सय भन्दा बढी पुगेको हो ।
पर्साबाट संकलन गरिएको स्वाबको पीसीआर परीक्षण गर्दा गएराति पर्साका १०५, बाराका २७, रौतहटका ८, सर्लाहीका ४ र महोत्तरीका १ जना गरी १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १४५ मध्य १३६ जनाको पीसीआर र ९ जनाको एन्टिजेन परीक्षण गरिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
यसअघि बैशाख १ गते देखि बैशाख २३ गते बिहीबार राति सम्म ३ हजार ८ सय ३९ जनाको परिक्षण गर्दा ती मध्ये २ हजार ३ सय ९१ जनामा संक्रमण भेटिएको हो । शुक्रबार राति २८८ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा १४५ जनामा संक्रमण भेटिएको छ । यो १४५ थपिएपछि वीरगन्जमा २ हजार पाँचसय ३६ जना संक्रमितको संख्या पुगेको छ ।