महानगर प्रमुख सरावगीको ‘गोहरा से ग्याँस तक’ अभियान
महानगरका विपन्न परिवारलाई ८०० ग्याँस सिलिण्डर र चुल्हो वितरण शुरु
वीरगन्ज, १८ फागुन । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आफूले गरेको पूर्व घोषणा अनुसार महानगरपालिकाका विपन्न नगरवासीहरुलई ग्याँस चुल्हो र भरिएको सिलिण्डर वितरण शुरु गर्नुभएको छ ।
महानगर प्रमुख सरावगीले घोषणा गरे अनुसार महानगर भरीका ३२ वटै वडाका विपन्न गरिब परिवारलाई करिब ८०० पिस भरिएको सिलिन्डर ग्याँस र चुल्हो सेट माहानगरपालिका बाटै वितरण गर्न सुरु गर्नुभएको हो ।
पहिलो चरणमा आज वडा नम्बर ११ का गरिब विपन्न परिवारलाई वडा कार्यालयबाट आएको सिफारिस अनुसार २५ जनालाई भरिएको ठूलो ग्याँस सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ । ३२ वटै वडामा निरन्तर ग्याँस चुल्हो र भरी सिलिण्डर वितरण गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो ।