बजेट सम्बन्धी तीनवटा विधेयक संसदबाट स्वीकृत
वीरगन्ज, २५ भदौ । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले विधेयकहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गर्नुभएको थियो । एमालेको अवरोधकाबीचमा अर्थमन्त्री जनार्दन शर्माले रोष्टममा पुगेर विधेयक प्रस्तुत गर्नुभएको हो ।