पुँजीबजार सुधारका लागि अर्थमन्त्री शर्माको ११ निर्देशन

पुँजीबजार सुधारका लागि अर्थमन्त्री शर्माको ११ निर्देशन

काठमाडौं, १८ फागुन । अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजार सुधारका लागि धितो पत्र वोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई ११ वटा निर्देशन दिनुभएको छ । नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधाकार लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिनुभएको हो ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिनुभयो । उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पँुजीबजारबाट आउने बातावरण सृजना गर्न पनि निर्देशन दिनुभयो । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उहाँले प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने बातावरण सृजना गर्नुपर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनतामा भएको पैसा पूँजीबजारमा त आयो । अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने बिषयमा तपाईहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।’  

हाँले पूँजीबजारमा राजनीति नगर्न पनि आग्रह गर्नुभएको छ । ‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ’ उहाँले भन्नुभयो, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ मन्त्री शर्माले कार्यभार सम्हाल्ने बित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको बताउनुभयो ।

नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पु-याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिनुभयो । ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टेडिङ जस्ता विकृत कारोबारका बिषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’ उहाँले भन्नुभयो, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’

उहाँले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिनुभएको छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डो¥याउने विश्वास लिएको बताउनुभयो । त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिनुभयो ।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले बित्तिय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सु–सुचित गर्ने बताउनुभयो । उहाँले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछी लाग्ने देखिएको बताउनुभयो । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उहाँको भनाई थियो ।

नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।