थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु 

थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु 

वीरगन्ज, १४ बैशाख । वीरगन्जमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाराको परवानीपुरका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

२०७७ साल चैत ३० गते कोरोना पुष्टि भएको उनको २०७८ बैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालको आइसीयुमा उपचाररत उनको मंगलबार बिहान पौने १२ बजे मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यो सहित मंगलबारको दिन मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।