ट्रयाक्टरले किचेर आमाछोरीको मृत्यु
कृष्णमोहन साह
वीरगन्ज, २४ माघ । जीराभवानी गाउँ पालिका वडा नम्बर–४ भवानीपुर स्थित सडकमा ट्रयाकटरले किचेर मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भवानिपुर निवासी २७ बर्षिया विद्यादेवी थरुनी उनकी ३ बर्षीया छोरी अन्याकुमारी महतो रहेका छन् ।
आईतबार साँझ करिब पाँच बजे दुग्धेश्वर महादेवको दर्शन गरि कावाँरिया बोकेर जगरनाथपुर–२ लक्ष्मीपुर तर्फ गइरहेको ना. ४ त. ८१३६ नम्बरको ट्रयाकटरले जिराभवानी गाउँपालिकाको सेढवाबाट सोही पालिकाको वडा नं.–४ भवानीपुरतर्फ आइरहेको बा ५५ प ६५२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंंदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको हो ।
विद्यादेवी श्रीमान अनिल महतो थारु र छोरी सहित माइती घरबाट फर्किरहेकी थिइन् । दुर्घटनामा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । भने विद्याको उपचार गर्दै गर्दा गएराति नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको हो । मोटरसाइकल चालक अनिल महतो सामान्य घाइते भइका छन् ।
ट्रयाकटर चालक जगरनाथपुर २ निवासी ५० बर्षिय सुरेन्द्रराम चमारलाई स्थानीयले नियन्त्रणमा लिई अस्थायी प्रहरी चौकी सुपौलीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।