आगामी बजेट संसदबाटै ल्याउने प्रधानमन्त्री ओलीको संकेत

आगामी बजेट संसदबाटै ल्याउने प्रधानमन्त्री ओलीको संकेत

जेठ, २  वीरगन्ज । आगामी आर्थिक बर्षको बजेट कसरी आउछ भन्ने धेरैको आंकलन भईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत गर्नुभएको छ । वैशाख २७ गते बसेको विषेश अधिवेशन अन्त्य गर्नुभएका प्रधानमन्त्री ओलीले संसद् जिवितै रहेकोले संसदबाट बजेट आउने बताउनु भएको हो ।

ओली संविधानको धारा ७६ ९३० अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट निस्किने क्रममा प्रधानमन्त्री ओलीले आईतबार यस्तो संकेत गर्नुभएको हो । एमालेसँग संसद्मा १२१ सिट मात्रै रहेको र बजेट प्रस्तुत गर्नका लागि लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ ।