२८० को परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि 

२८० को परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि 

वीरगन्ज, १८ बैशाख । वीरगन्जमा गएराति फेरी १९३ जना थप नयाँ संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको २८० वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका १५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३ जना, चितवनका २ जना र धनुषा, नवलपरासी तथा बर्दियाका १–१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोआर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।