जनता समाजवादी पार्टी पर्साको कार्यालय राष्ट्रिय अध्यक्ष यादवले गरे उदघाटन
वीरगन्ज, १५ कार्तिक । जनता समाजवादी पार्टी पर्साको कार्यालय उदघाटन केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा घर भाडामा लिएर संचालनमा ल्याईएको कार्यालयको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार उदघाटन गर्नुभएको हो ।
आईतबार आयोजना गरिएको दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आउनु भएका अध्यक्ष यादवले सोमबार पार्टी कार्यालयको उदघाटन गर्नुभएको हो ।
जनता समाजवादी पाटी पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई गठबन्धन सरकारमा मन्त्री नबनाएको भन्दै उहाँका समर्थकले वीरगन्जको मुख्य सडक सुरेश आयल नजिकै रहेको पार्टी कार्यालय तोडफोड गरी वोर्ड समेत निकालि दिएका थिए ।
प्रदीप यादवका समर्थकले बोड निकाले तोडफोड गरेपछि पार्टीले सोही कार्यालयमा वोर्ड समेत राखेका थिए । उक्त घरबाट कार्यालय सारेर अहिले श्रीपुर ११ नम्बर वडामा लगिएको हो ।
जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य करिमा वेगम, निलम्बित सांसद हरिनारायण रौनियार, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।