घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ । घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी […]

घरेलु भूमिमा जितको खुसी (तस्वीरहरू)

२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ ।

घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी खेलेका थिए ।

भुर्तेलले पाएको रोहितकुमार पौडेलको बलियो साथ अनि बलिङतर्फ करण केसीको ५ विकेट नेपालको जितको आधार रहे ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका माइकल भान लिगेनले बनाएको १३३ रनसमेत छायामा पर्‍यो ।

नेपाल र नामिबियाबीचको खेल तस्वीरमा हेर्नुहोस् :