कर तिर्नकै लागि कार्यालयमा आउनु पर्दैन
झक्कप्रसाद आचार्य,
महानिर्देशक, आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरू कर तिर्नकै लागि कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुनपर्ने बताएको छ । विभिन्न एपहरूको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था विभागले मिलाएको छ । विभागले प्रविधिसँग जानकार नभएका व्यक्तिले बन्दाबन्दीका कारण समयमा कर नतिर्दा दण्डित हुनुनपर्ने व्यवस्था पनि मिलाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम र उपचारका लागि कतिपय जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा न्युज एजेन्सी नेपालले सहज कर तिर्ने सम्बन्धमा भएको तयारीबारे आन्तरिक राजश्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्यसँग गरेको संक्षिप्त कुराकानी :
कोभिडको दोस्रो लहरका कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा करदाताले कसरी कर तिर्ने ?
हाम्रो करिब–करिब ५६ वटा जिल्लामा ट्याक्स अफिसको कभरेज छ । एकाध बाहेक अधिकांश ठाउँमा हाम्रै अफिसमा बैक काउण्टर पनि छ । दोस्रो चरणको निषेधाज्ञाको समयमा पनि हाम्रा सेवाहरूमा कुनै पनि किसिमको असर नपर्ने गरी आलोपालो मिलाएर भएको जनशक्तिबाट अधिकतम सेवा प्रदान गर्ने हाम्रो उद्देश्य छँदैछ । कर तिर्नका लागि कुनै समस्या छैन । निषेधाज्ञा नभएको ठाउँमा समस्या नै भएन । जहाँ निषेधाज्ञा छ, त्यहाँ कर तिर्नका लागि हाम्रो धेरै टेक्नोलोजी विकास भएको छ । एनसीएचएलबाट पनि हामी एक पटकमा १० लाखसम्म कर तिर्न सक्छांै । एक दिनमा १० लाख रुपैयाँ कर तिर्नुपर्ने करदाताहरू हाम्रोमा अहिले कमै छन् । एउटा ट्रान्जेक्सनमा १० लाख रुपैयाँ तिर्ने हो, उहाँहरूले २÷३ वटा ट्रान्जेक्सन बनाएर तिर्न चाहनुभयो भने ३० लाखसम्म पनि राजस्व तिर्न सक्नुहुन्छ । सानातिना करहरू तिर्नका लागि हाम्रा सबै अफिसहरूमा बैंकका काउण्टरहरू पनि छन् । बैंक अत्यावश्यक सेवाअन्र्तगत रहेकाले कर्मचारीहरू स्टेनबाइ छन् । उहाँहरू जानुभयो भने झन सजिलोसँग कर तिर्ने वातावरण छ ।
हिँड्न सक्ने अवस्था नै छैन । यस्तो अवस्थामा निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले कसरी बुझाउने ?
अहिले भेरिफिकेसन विवरण हाम्रो सत प्रतिशत अनलाईनबाट छ । सतप्रतिशत करदाताहरूले घरमै बसेर विवरण बुझाउनुहुन्छ । हामी एउटा पनि विवरण म्यानुअल लिँदै लिँदैनौ । रह्यो कुरा पेमण्टको । हाम्रा करदाताले कर तिर्नका लागि घरमै बसेर एनसीएचएल मार्फत जसले अनलाईन विवरण बुझाउनुहुन्छ उहाँहरूले पक्कै पनि एनसीएचएलको एक्सेस लिनुभएको हुन्छ । त्यसैले राजश्व तिर्नका लागि त कुनै समस्या नै छैन । उहाँहरू घरमै बसेर पनि तिर्न सक्नुहुन्छ । केही कारणले टेक्नोलोजिमा समस्या आयो अथवा केही कारण भयो भने गत वर्ष पनि भएको थियो यस पटक पनि सरकारले करदाताहरूलाई सहजीकरण गर्ने काम हुन्छ । निषेधाज्ञाकै कारणले पेण्डामिककै कारणले करदाताले समयमै कर तिर्न नसकेका कारण उहाँहरू पेनालाइज्ड हुने अवस्था रहँदैन ।
हामीले सेवाग्राहीको लागि प्रविधिको क्षेत्रमा के के गरेका छौं ?
करदाताका लागि हामीले गरेको कामहरूको सन्दर्भमा कुरा गर्दा करिब करिब करदाताहरू हामीकहाँ आउनु नै पर्दैन । अडिट र इन्भेष्टीगेसनका कामहरू गर्दा खेरी हाम्रा अफिसरहरूले खोजे भने डकुमेण्ट बुझाउनुपर्ने अवस्थामा बाहेक र प्यानको वरिजिनल सर्टिफिकेट लिन बाहेक करदाता हामीकहाँ आउनुपर्ने अवस्था छैन । यसको मतलब हम्रो ९० देखि ९५ प्रतिशत कामहरू हाम्रो अनलाइनबाटै हुन्छ । विवरण बुझाउने, कर तिर्ने, २० लाखसम्मको कारोवार गर्नेहरूले कर चुक्ताको सर्टिफिकेट पनि अनलाइनबाटै लिन्छन् । घरबाटै विवरण पठाएर बैकबाट पेमेण्ट गरिदियो भने इटीडीएस पनि घरबाटै हुन्छ । कर कार्यालयमा भौतिक उपस्थितिका साथ गर्नुपर्ने काम एकदमै थोरै छ । पछिल्लो समया कर कार्यालयमा भीड हुन छोडेको छ । सामान्यतयाः ९० प्रतिशत कामहरू अनलाईनबाटै हुन्छ । केही कदरदाता आईटी फ्रेण्डली नभएका कारण कार्यालय आउने गर्नुहुन्छ तर सामान्यतया आउनु पर्दैन । केही नयाँ सुधारहरू के के गर्न सकिन्छ भनेर केही तयारी हामी गर्दैछौ । जिरो विवरण मोबाइलबाटै भर्न सकिन्छ ।
जस्तो हामीले गर्न खोजेको चाही इण्डियाले जस्तै फेसलेस हेयरिङ गर्ने,सबै किसिमका ट्रान्जेक्सनहरूलाई फेसलेस बनाउने प्रविधि ल्याएको छ, त्यसमा हामीले पनि अब खरिद खाता बिक्री खाता प्रमाणित गर्नुपर्ने परम्परागत सिस्टम छ ती कुराहरूलाई प्रतिस्थापन गरेर आधुनिकीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि गृहकार्य गरिरहेका छौं । समग्रमा हाम्रो कर प्रणालीमा धेरै किसिमका आधुनिक प्रविधिहरू हामीले प्रयोग गरिसकेका छौ । आगामी वर्षदेखि सबै परिस्थिति अनुकूल भयो र सहज रुपमा काम गर्न पायौ भने भने बाँकी म्यानुअल कार्यहरूलाई पनि सुचनाप्रविधि मार्फत नै सेवा प्रवाह गर्ने हिसाबले हाम्रो तयारी भइरहेको छ ।
कर्मचारीहरूले कसरी काम गरिरहेका छन् ? संक्रमण हुनबाट बच्च के के गरिएको छ ?
हाम्रा कुनै न कुनै कार्यालयमा एक एक जना कर्मचारीहरू कोरोना संक्रमति भइरहेको सूचना आइरहेको छ । त्यसैले हामीले स्थानीय प्रशासनसँग समन्वय गरेर कार्यालय बन्द नहुने गरी अत्यावश्यक सेवाहरू प्रभावित नहुने गरेर सबै कार्यालयहरू हाम्रा खुला छन् । नेपाल सरकारको निर्णय अनुसार, सकेसम्म नभई नहुने कर्मचारीहरू आलोपालो गरी उपलब्ध गराउने काम भएको छ । निषेधाज्ञा जारी नभएका स्थानहरूमा पनि सकेसम्म मान्छेहरूको भौतिक उपस्थितिलाई कसरी कम गर्न सकिन्छ, त्यसमा सजगता अपनाउनुहोस् भनेर उहाँहरूलाई निर्देश गरिएको छ । संक्रमित भएका साथीहरूको बारेमा निरन्तर जानकारी लिने काम भएको हौसला दिने काम भएको छ । आजको दिनसम्म सबै कार्यालयबाट काम पनि भईरहेको छ र कुनै पनि करदाताबाट हामीलाई यस्तो काम भएन भनेर गुनासो पनि आएको छैन ।
कारोबार अनलाईनबाट........