तिलावे नदिमा निर्माण गरिएको छठघाटको सेन्ट्रिङ खस्दा एकजनाको मृत्यु एकजना घाईते
वीरगन्ज, २२ पुष । पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ४ मा पर्ने तिलावे खोलाको पुल खस्दा एकको मृत्यु एकजना गम्भीर घाईते ।
पर्सागढी नगरपालिका र बहुदरामाई नगरपालिका वडा नम्बर ४ मा पर्ने तिलावे नदि किनारमा निर्माण गरिएको छठघाटको सेन्ट्रिङ निकाल्ने क्रममा सेन्ट्रिङ खस्दा भौराटार–५ का २१ बर्षीय राज मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आशिष जोशीले जानकारी दिनुभयो ।
त्यस्तै घटनामा सोही स्थानका ३५ बर्षीय अमर महतो गम्भीर घाईते हुनुभएको छ । घाईते महतोको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
उपभोत्ता समिति निर्माण भएको छठघाटको सेण्ट्रिङ निकाल्ने क्रममा घटना भएको भनिएपनि उपभोक्ता समितिबाट ठेकेदारले निर्माण गरेको र निर्माण गर्ने ठेकेदार र इञ्जिनियर फरार रहेको स्रोतले जनाएको छ ।
निर्माण गर्ने ठेकेदारको नाम भने खुलेको छैन । थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।