महानगरपालिकाद्वारा नेत्र ज्योति संघलाई पाँचलाख हस्तान्तरण, मेयर कल्याण कोषबाट छात्रवृत्ति वितरण 

महानगरपालिकाद्वारा नेत्र ज्योति संघलाई पाँचलाख हस्तान्तरण, मेयर कल्याण कोषबाट छात्रवृत्ति वितरण 

वीरगन्ज, ३ पुष । वीरगंज माहानगरपालिकाले गरिब तथा विपन्नहरुको आख्नाको निःशुल्क उपचारका लागि आर्थिक सहयोग गरेको छ । महानगरपालिकाको नगर स्तरीय बजेटबाट गरिब बिपन्न ब्यक्तिहरुको अँखाको निःशुल्क शल्यक्रिया गर्न को लागि पाँच लाख रुपैया सहयोग गरेको हो ।

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पाँचलाख रुपैंयाको चेक नेपाल नेत्रज्योती संघ पर्सालाई हिजो हस्तान्तरण गर्नुभएको हो । त्यस्तै नगर प्रमुख सरावगीको सेवा सुविधाबाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट पनि चार जना जेहेन्दार तथा बिपन्न छात्राछात्रहरुलाई अध्ययनका लागि सहयोग गर्नुभएको छ ।

महानगर प्रमुख सरावगीले (छात्रवृत्ति) स्वरुप चारजनालाई चेक हस्तान्तरण गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।