प्रेस सेण्टर नेपाल प्रदेश २ को दोस्रो प्रदेश अधिवेशनबाट कर्णको नेतृत्वमा सर्वसम्मत कमिटि चयन
वीरगन्ज, १२ मंसिर । प्रेस सेण्टर नेपाल प्रदेश २ को दोस्रो प्रदेश अधिवेशन शनिबार सम्पन्न भएको छ । धनुषाको मुझलिया स्थित होटल जानकी दरबारमा आयोजित प्रदेश अधिवेशनले पुनः किरण कुमार कर्णको अध्यक्षतामा प्रेस सेन्टरको प्रदेश कमिटी गठन गरेको छ ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र सिंह, उपाध्यक्षमा रामभरोसी यादव, महिला उपाध्यक्षमा सुनिता महत्तो, सचिवमा गोपाल प्रसाद गुप्ता, अनिल पाण्डे, रामनरायण महत्तो, सरोज पासवान, भक्ति रिजाल, ध्रुब कुमार मण्डल, ओम किशोर चौधरी, मुनेष लायो मगर तथा कोषाध्यक्षमा दिपेन्द्र प्रसाद यादवलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा अशोक श्रीवास्तव, राम मण्डल, सन्जित कुमार गुप्ता, विभु अधिकारी, अजय यादव, भावना सुनार, कुमारी घिसिंग, फैजुल्लाह आलम, महेन्द्र सहनी लगायत रहेका रहेका छन् ।
यस्तै प्रदेश कमिटीको सल्लाहकारमा गम्भिरा सहनी, अरुण कुमार तिवारी, अनिल कुमार अनल र बिएम खनाललाइ चयन गरिएको छ ।
यसअघि अधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, प्रेस सेण्टरको केन्द्रीय कार्यालय सदस्य गोविन्द देवकोटा,
प्रदेश इन्चार्ज हिरालाल चौधरी, केन्द्रीय सदस्य दिपेन्द्र सिंह, धनुषा अध्यक्ष मोनिका झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।