नेपाल युवा उद्ममी मञ्चका पदाधिकारी र प्रदेश २ का मुख्यमन्त्रीबीच छलफल

नेपाल युवा उद्ममी मञ्चका पदाधिकारी र प्रदेश २ का मुख्यमन्त्रीबीच छलफल

वीरगन्ज, २ असोज । नेपाल युवा उद्यामी मञ्च वीरगन्जका पदाधिकारीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग अन्तरकृया गरेका छन् । मञ्चले युवाहरुको सहभागिता र उद्यमी अवसरहरु सम्बन्धी बिभिन्न एजेन्डाहरुमा छलफल युवा उद्यमी मञ्चले मुख्यमन्त्रीको कार्यकक्षमै पुगेर अन्तरकृया गरेको हो ।

अन्तरकृयामा हरेक क्षेत्रमा युवाहरुको सहभागिता र उद्यमी अवसरको विषयमा छलफल गरिएको र आगामी दिनमा पनि विभिन्न तहमा छलफल गरिने बताउनुभयो । छलफलका क्रममा मुख्यमन्त्री गद्दीलाई आउने असोज ९ गते शनिबार अर्थात २५ सेप्टेम्बरमा पर्सा राष्ट्रिय निकुञ्जमा लगानी र पर्यापर्यटनको बारेमा हुने कार्यक्रममा

उपस्थितका लागि नियमन्त्रण दिईएको र उहाँ उक्त कार्यक्रममा आउन तयार रहेको युवा उद्यमी मञ्च वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

त्यस्तै पर्यटनको लागी पर्सा राष्ट्रिय निकुञ्जमा लगानीको अवसरहरुको बारेमा मुख्यमन्त्री गद्दी धेरै आशावादी रहेको र चाँडै आयोजना हुने ‘मेड इन नेपाल एक्स्पो’ को लागी पूर्ण सहयोग गर्ने आश्वासन दिनुभएको अध्यक्ष अग्रवालले बताउनुभयो ।