पर्साको जीराभवानीमा चट्याङ परेर एकजनाको मृत्यु
वीरगन्ज, १२ असार । शनिबार बिहान पानी संगै परेको च्टयाङ परेर एकजना वृद्ध को मृत्युु भएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ घर भएका राजेशवर साह तेलीको शनिबार बिहान चट्याङ परेर मृत्यु भएको हो ।
वडा नम्बर २ मा रहेको आफ्नो खेतमा काम गर्न गएका बेला चट्याङ परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढंवाले जनाएको छ।
मृतकको शव मुचुल्का उठाइ पोस्टमार्टमको लागि स्थित नारायणी अस्पतालमा पठाईएको र पोष्टपार्टमपछि आफन्तको जिम्म लगाईएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो।