निपुण र प्रकृति बने मिस्टर एण्ड मिस वीरगन्ज
वीरगन्ज, १९ असार । सफल र लोकप्रिय हुन तपाईको प्राथमिकता के हो र किन ? भन्ने प्रश्नको सहज उत्तर दिएर प्रकृति उपाध्याय र निपुण दासको जोडीले मिस्टर एण्ड मिस वीरगन्ज फैशन हन्ट २०२२ को उपाधि हात पारेका छन् ।
यमी इन्टरटेनमेण्टको आयोजना, सभ्यता इन्टरटेनमेण्ट इभेन्ट म्यानेजमेण्टको व्यावस्थापन र रोयल इभेण्ट म्यानेजमेण्टको संयोजनमा शनिबार वीरगन्जको क्लासिक ब्यांकेटमा सम्पन्न प्रतियोगितामा प्रकृति उपाध्याय र निपुण दासले उपाधि जितेका हुन् ।
फाइनलका लागि छनोट भएका चारजना युवती र ६ जना युवकबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । अडिसनमा छनोट भएकाहरुलाई एकमहिनाको प्रक्षिणपछि शनिबार अन्तिम प्रतिस्पर्धा गराईएको थियो । आफ्नो प्रतिभा मार्फत आम समुदायको रोजाईमा उत्कृष्ट अंक ल्याएर इ–सेवा भुयअर च्वाइस फस्ट रनर अपको उपाधी शेख समास र सीमा मेहताले प्राप्त गरेका छन् ।
सेकेण्ड रनर अपको उपाधि हिमेश बिक्रम साह र स्वस्तिका रौनियारले जित्न सफल भएका छन् । त्यसैगरि मिस्टर फोटोजेनिक करण बानियाँ र मिस्टर चार्मको उपाधी हिमेश बिक्रम साहले प्रफोरमेन्सको आधारमा पब्लिक रोजाईमा पर्न सफल भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक शक्यले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ, प्रकाश थारु, डेसिमल कलेजका निर्देशक डा. सुषमा द्वुवेदी तिवारी, रम्भा मिश्रा , कमल चौगाइ , राम राज श्रेष्ठ , निरज पिठाकोटे मगर, अजित भूजेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सन्चालन बिवेक कर्णले गर्नु भएको थियो ।
कार्यक्रमका निर्णायक मंडलमा नायिका तथा मोडल सभ्यता गिरी, मोडल करण सिंह पटेल तथा नवरतल तिवारी थिए । कार्यक्रमलाई अझ मनमोहक बनाउन गायक छोटुराज, एन.एस. आर्यले गीत प्रस्तुत गर्नुभएको थियो । मिलन, साजन र कन्चजंघा माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर दर्शकहरु नचाएका थिए ।