वीरगन्ज । वीरगन्जमा इभीको ठक्करबाट पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बुधबार बिहान वीरगन्जको नयाँ बसपार्कमा इभीको ठक्करबाट वीरगन्ज–१६ नगवाकी ४५ बर्षीया रीमा गुप्ताको इभीको ठक्करबाट मृत्यु भएको हो ।
बसपार्क सडकमा पैदल हिडीरहेकी गुप्तालाई बा.प.००३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको थियो । इभीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चत्र बहादुर मल्लले जानकारी दिए ।
गुप्तालाई ठक्कर दिने इभी र चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ का राम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

