काठमाडौँ। हालै सचिवमा बढुवा भएका वरिष्ठ प्रशासक रुद्रसिंह तामाङले नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पाएका छन्।
उनले २०८३ असोज ८ गतेदेखि लागू हुने गरी निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन्। जिम्मेवारी सम्हालेसँगै तामाङले नयाँ पदभारबारे प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा इमानदारी, निष्ठा र उच्च जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्ने बताएका छन्।
उनले मुलुकभर पेट्रोलियम पदार्थको सरल, सहज, नियमित र सुलभ आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहने दाबी समेत गरेका छन्।निजामती सेवामा लामो अनुभव संगालेका तामाङलाई सरकारले हालै सहसचिवबाट विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारीसँगै उनले निगमको अध्यक्षको दायित्व सम्हालेका हुन्।

