वीरगन्ज । वीरगन्जका उद्योगपति एवम् रुङ्गटा ग्रुपका कोषाध्यक्ष सुरेश रुङ्गटाले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड १ लाख सहयोग हस्तान्तरण गरेका छन्।
रसुवाको भाेटेकाेशीमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुऱ्याइरहेको समयमा प्रभावित परिवारलाई तत्काल उद्धार, राहत र पुनर्जागरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रुङ्गटा ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको सामाजिक उत्तरदायित्व (CSR) कोषबाट रकम प्रदान गरिएको हो।
रूंगटा समूहका अध्यक्ष मुरलीधर रूंगटा र काेषाध्यक्ष सुरेश रूंगटाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई मन्त्रालयमै भेटेर चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग रकमको चेक हस्तान्तरण गर्दै सञ्चालक रुङ्गटाले आगामी दिनमा पनि प्राकृतिक विपद् र सामाजिक सेवाका कार्यहरूमा ग्रुपको सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए।
पाेल्ट्री र खाद्यान्न व्यावसायमा स्थापित ओैद्याेगिक घराना रूंगटा समूह विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन् ।

