काठमाडौं । प्रेस काउन्सिल नेपालको विशेष प्रणालीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी व्यक्तिगत सामाजिक सञ्जाल खाताविरुद्ध परेको पाइएको छ।
काउन्सिलको पछिल्लो विवरण अनुसार कुल ९४ वटा उजुरी दर्ता भएकोमा ७० दशमलव २१ प्रतिशत अर्थात् ६६ वटा उजुरी व्यक्तिगत सामाजिक सञ्जाल खातासँग सम्बन्धित रहेका छन्।
त्यसैगरी, समाचार संस्थाको आधिकारिक सामाजिक सञ्जाल पृष्ठविरुद्ध १४ वटा १४. ८९ प्रतिशत र अनलाइन समाचार माध्यमविरुद्ध ८ वटा ८.५१ प्रतिशत उजुरी परेका छन्।
युट्युब तथा टिकटक च्यानल र अन्य माध्यमका विरुद्ध भने समान ३–३ वटा ३ .१९ प्रतिशत उजुरी दर्ता भएको प्रेस काउन्सिलले जनाएको छ।

