• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, August 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश प्रदेशमा व्यापक प्रशासनिक सुधारको सुरुवात ‘एक कर्मचारी, एक कार्यालय’ नीति कडाइका साथ लागू

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार ०९:३८
मधेश प्रदेशमा व्यापक प्रशासनिक सुधारको सुरुवात ‘एक कर्मचारी, एक कार्यालय’ नीति कडाइका साथ लागू
1
SHARES
13
VIEWS

जनकपुरधाम । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले प्रदेशमा वित्तीय सुशासन कायम गर्न र प्रशासनिक दक्षता अभिवृद्धि गर्न व्यापक प्रशासनिक सुधारको प्रक्रिया अगाडि बढाएको छ।

लामो समयदेखि एउटै निकाय वा कार्यालयमा कार्यरत लेखा समूहका ७६ जना लेखा अधिकृत तथा लेखापालहरूको एकैपटक सरुवा गरिएको छ।

अर्थ मन्त्री युवराज भट्टराईको नेतृत्वमा सुरु गरिएको यस कदमले लामो समयदेखि एउटै अड्डा वा आकर्षक मानिएका कार्यालयहरूमा दुई वर्षभन्दा बढी समयदेखि जमिरहेका कर्मचारीहरूको एकाधिकार अन्त्य गर्ने लक्ष्य लिएको छ।

ADVERTISEMENT

विगतमा एउटै कार्यालय वा क्षेत्रमा सीमित हुने प्रवृत्तिले वित्तीय पारदर्शीतामा चुनौती खडा गरिरहेको अवस्थालाई सम्बोधन गर्न यो निर्णय लिइएको हो।

विगतमा जनशक्ति अभावको बहानामा एउटै कर्मचारीलाई ३ देखि ४ वटासम्म कार्यालयको जिम्मेवारी सुम्पिने परिपाटीलाई मन्त्रालयले पूर्ण रूपमा खारेज गरेको छ।

अब उप्रान्त रिक्त स्थानहरूमा ‘एक कर्मचारी, एक कार्यालय’ को नीति कडाइका साथ लागू गरिनेछ। अर्थ मन्त्रालय मातहत वा अन्य कुनै निकायमा एकभन्दा बढी कार्यालयको जिम्मेवारी सम्हालिरहेका कर्मचारीहरूको पुनरावलोकन गरी तत्काल एउटै कार्यालयमा सीमित गरिने मन्त्रालयले जनाएको छ।

सरुवा आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र रवाना लिन आलटाल गर्ने प्रवृत्ति रोक्न कडा व्यवस्था गरिएको छ। सरुवा भएका कर्मचारीहरूले निर्णय भएको ७ (सात) दिनभित्र साविक कार्यालयबाट रमाना लिई नयाँ पदस्थापना भएको कार्यालयमा हाजिर भइसक्नुपर्नेछ।

तोकिएको समयावधिभित्र रमाना नलिने कर्मचारीको साविक कार्यालयको खाता सञ्चालन अधिकार रोक्का गर्न मन्त्रालयले प्रदेश कोष नियन्त्रक कार्यालयलाई स्पष्ट निर्देशन दिइसकेको छ।

प्रशासनलाई थप पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यका साथ सरुवा भएका सम्पूर्ण कर्मचारीहरूको आधिकारिक सूची अर्थ मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

नेपाली कम्युनिस्ट पार्टी (मधेस प्रदेश संसदीय दल) द्वारा दुःख व्यक्त, सांसदहरूको १ दिनको तलब राहत कोषमा दिने घोषणा

Next Post

वीरगन्जको होटल आदर्श इनद्वारा बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In