जनकपुरधाम । मिथिला क्षेत्रका वरिष्ठ साहित्यकार, भाषाविद् तथा समालोचक प्राज्ञ प्रा. डा. राजेन्द्र विमलको निधनको शोकमा एक मिनेट मौन धारण गर्ने भएको छ ।
मधेश प्रदेश सरकारले स्व.बिमलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रदेशका सबै मन्त्रालय तथा निकायहरूमा ५ गते शुक्रबार १२ औं दिनको पुण्य तिथिमा १ मिनेट मौन धारण गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्णय कार्यान्वयनका लागि प्रदेशका सम्पूर्ण मन्त्रालय, सचिवालय, आयोग तथा केन्द्रहरूलाई परिपत्र जारी गरेको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैठकले डा. विमलको निधन भएको १२ औं दिनको पुण्य तिथिका अवसरमा शोक व्यक्त गर्दै मौन धारण गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार आगामी मिति २०८३ साल भदौ ५ गते शुक्रबार बिहान ठिक ९ः०० बजे मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण सरकारी मन्त्रालय तथा निकायहरूमा एकै साथ १ मिनेट मौन धारण गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरिनेछ।
कानून सचिव नूतन झाद्वारा हस्ताक्षरित सो निर्णयको प्रतिलिपि आवश्यक कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाइसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानून सचिव नुतन झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

