काठमाडौँ । परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार बिदाइ भेट भएको छ ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते-यङले बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा शिष्टाचार बिदाई भेट गरेका हुन्।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनका साथै आपसी हित र सहकार्यको अभिवृद्धिमा राजदूत पार्कले पुर्याएको योगदानको प्रशंसा गरे।
सो अवसरमा राजदूत पार्कले आफ्नो नेपाल कार्यकालका क्रममा नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
भेटघाट कार्यक्रममा नेपाल र दक्षिण कोरियाका कुटनीतिक प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

