वीरगन्ज । नेपालमा पाटेबाघको संख्या बढेर नयाँ रेकर्ड कायम गर्दै ४२९ पुगेको छ। यद्यपि, बाघको यो वृद्धि मुख्यतया देशका नयाँ राष्ट्रिय निकुञ्जहरूमा मात्र केन्द्रित देखिएको छ।
अर्कोतर्फ, देशको दोस्रो पुरानो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्यामा १० प्रतिशतले गिरावट आएको छ। अनुसन्धानकर्ताहरूका अनुसार विभिन्न निकुञ्जहरूबीच बाघको संख्यामा देखिएको यो भिन्नताका पछाडि मुख्य तीन कारणहरू रहेका छन्।
पहिलो कारण, खडेरीका कारण पानीको संकट बढ्दै जाँदा बाघहरू राम्रो जलस्रोत र पूर्वाधार भएका निकुञ्जहरूतर्फ विस्थापित भइरहेका छन्।
दोस्रो, भारतसँगको सीमापार जैविक मार्ग ९क्रस(बोर्डर ह्याबिट्याट कनेक्टिभिटी० का कारण बाघहरूको आवतजावत र स्थानान्तरण प्रभावित भएको छ।

तेस्रो कारणका रूपमा पुराना राष्ट्रिय निकुञ्जहरूमा मिचाहा प्रजातिका झारपातहरू ९इनभेसिभ वीड्स० तीव्र रूपमा फैलिएर घाँसे मैदान र चरन क्षेत्र विनाश हुनुलाई औंल्याइएको छ।
यसरी चरन क्षेत्र घट्दा बाघका आहारा प्रजातिको संख्यामा कमी आई अन्ततः पुराना निकुञ्जहरूमा बाघको संख्यामा गिरावट आएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

