• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, August 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज कलेजका कक्षा १२का विद्यार्थीकाे बिदाई, कलेजकाे भन्दा विद्यार्थीको मेहेनत नै निर्णायक

by
प्रकाशित मिति : २०८३ बैशाख ५, शनिबार २१:५४
वीरगन्ज कलेजका कक्षा १२का विद्यार्थीकाे बिदाई, कलेजकाे भन्दा विद्यार्थीको मेहेनत नै निर्णायक
4
SHARES
46
VIEWS

वीरगञ्ज । उच्च शिक्षा, आत्मअनुशासन र करियर निर्माणका विषयमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा वक्ताहरूले विद्यार्थीको सफलतामा कलेजभन्दा व्यक्तिगत मिहेनत र दृष्टिकोण बढी महत्त्वपूर्ण हुने बताएका छन् ।

वीरगन्ज कलेजका कक्षा १२ काे अन्तिम परीक्षाकाे तयारीमा रहेका विद्यार्थीहरूकाे लागि आयाेेजना गरिएको बिदाई कार्यक्रममा वक्ताहरूले यस्ताे धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक प्रेम सिंह भट्ट ले BBA कार्यक्रमको पाठ्यक्रम अन्य विश्वविद्यालयहरूको तुलनामा राम्रो रहेको दाबी गर्दै कलेज सफल सञ्चालनका लागि तीन प्रमुख आधार औंल्याए।

ADVERTISEMENT

उनका अनुसार विद्यार्थी र अभिभावकको कलेजप्रतिको अपनत्व, व्यवस्थापन समितिको प्रभावकारी सञ्चालन र विद्यालय प्रशासनको भूमिका बलियो भए मात्रै कलेज राम्रोसँग चल्न सक्छ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विद्यार्थीलाई केवल कलेजमा निर्भर नहुन सुझाव दिए। “कलेजको योगदान करिब ४० प्रतिशत मात्रै हुन्छ, बाँकी ६० प्रतिशत विद्यार्थीले आफ्नै मिहेनतबाट पुरा गर्नुपर्छ,” उनले भने।

चार वर्ष गम्भीर रूपमा अध्ययन गरे संसारको जुनसुकै स्थानमा पुग्न सकिने उल्लेख गर्दै उनले पढाइमा ‘अर्जुनदृष्टि’ आवश्यक रहेको बताए।

उनले अहिलेको शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी स्वरोजगार, रोजगारी र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिए। “विदेश गएपछि पनि पढ्दै कमाउँदै अघि बढ्न सकिन्छ,” उनले भने, “कृषकका छोराछोरीले पनि सीमित स्रोत—जस्तै १० कठ्ठा खेतबाट—आर्थिक व्यवस्थापन गर्दै अध्ययन अघि बढाउन सक्छन्।” निजी क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए।

यसैबीच, वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरी ले विद्यार्थीलाई आत्मअनुशासन कायम राख्न आग्रह गरे।

परीक्षा केन्द्रमा कुनै गुनासो नआउने गरी अनुशासित रूपमा परीक्षा दिनुपर्नेमा जोड दिँदै उनले मोबाइल जस्ता सामग्री भेटिए त्यसको जिम्मेवारी स्वयं विद्यार्थीले लिनुपर्ने स्पष्ट पारे।

कार्यक्रममा व्यवस्थापन, कानुन र पत्रकारिता अध्ययनको महत्त्वबारे पनि चर्चा गरिएको थियो। वक्ताहरूले व्यवस्थापनलाई “सबै सङ्कायको किङ्ग” का रूपमा व्याख्या गर्दै जागिरभन्दा व्यवसायले दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने बताए।

“हामीले राष्ट्रलाई के दिन सक्छौं भन्ने सोच विकास गर्नुपर्छ,” उनीहरूले भने, “व्यवसाय गर्न पूँजीभन्दा पनि बुद्धि र दृष्टिकोण आवश्यक हुन्छ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयाेजक केसी लामिछानेले विद्यार्थी जीवन काँचाे माटाे जस्तै भएकोले कलेज ती विद्यार्थीहरूकाे भविष्य निर्माणकाे आकार बनाउने थलाे भएको बताए । उनले वीरगन्ज कलेज यहाँको शिक्षाक्षेत्रमा एउटा मनक स्थापित गर्ने कलेजकाे रूपमा प्रगति उन्मुख भएको बताए ।

कलेजका प्रमुख विनाेद गुप्ताकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, ट्रिब्युन नेपालका सम्पादक तथा काराेबार दैनिकका मधेस प्रदेश प्रमुख नीरज पिठाकाेटे मगर, कलेजका सहायक प्शिरमुख रूदल ठाकुर, शिक्षकहरू फजपल अहमद, बिनाेद मेहेता, दिने चाैरसिया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक सीप, उद्यमशीलता र अनुशासनमा केन्द्रित हुन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

कलेजका प्रशासन प्रमुख सुरेश चाैधरीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन शिक्षक कृष्णा पासवानले गरेका थिए । बिदाई समारोहमा विद्यार्थीहरूले विभिन्न गीत संगीतबाट मनाेरञ्जन गरेका थिए ।

Previous Post

जब १०० रुपैयाँको रसिदले पुस्तौँको ‘रोटी–बेटी’ सम्बन्ध जोख्न थाल्छ !

Next Post

वीरगन्जको मुख्य सडकमा १३ वर्षपछि चल्यो डोजर: व्यापारीलाई आर्थिक नोक्सानी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In