काठमाडौँ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको प्रतिनिधि सभा निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री तोब्गेले निर्वाचनमा सानदार जित हासिल गरेकोमा दुवै नेतालाई बधाई दिएका हुन्। उनले चुनाव सफल पारेकोमा नेपाली जनताको प्रशंसा गर्दै आगामी दिनमा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्ध र मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे।
‘दुई देशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ,’ तोब्गेले लेखेका छन्। नयाँ राजनीतिक शक्तिलाई भुटान सरकारको तर्फबाट प्राप्त यो पहिलो औपचारिक शुभकामना सन्देश हो।
