जितपुरसिमरा उपमहानगरपालिकाको १०औँ स्थापना दिवसमा रक्तदान, २२ जना सहभागी

13
SHARES
149
VIEWS

जितपुर, बारा |  जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो १०औँ स्थापना दिवसको अवसर पारेर विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा ४ महिला सहित कुल २२ जनाले रक्तदान गरेका थिए। रगतको अभावलाई कम गर्ने र सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा कृपा अधिकारी, कृति राजसुवेदी, दुर्गा न्यौपाने, लक्ष्मी लामा, धिरज कुमार शाह, कपिल सुवेदी, सुरज पुनमगर र सत्य लाल यादव लगायतले रक्तदान गरेका छन्।

कार्यक्रममा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूलाई धन्यवाद दिँदै नगर प्रमुख पौडेलले स्थापना दिवसलाई उत्सवका साथै मानवीय सेवाका कार्यसँग जोडेर मनाइएको बताउनुभयो।

यस पुण्य कार्यमा नेपाल रेडक्रस सोसाइटी, वीरगन्जका प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा अन्य रचनात्मक र सेवामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.