वीरगन्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लामा मतदान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदानको सुरुवाती साढे चार घण्टामा १५.८० प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले दिएको जानकारी अनुसार, पर्साका चारवटै निर्वाचन क्षेत्रमा गरी बिहान ११:३० बजेसम्म कुल ५५ हजार ७४१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। पर्सा जिल्लामा कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ र मतदाताहरूको उपस्थिति बढ्दो क्रममा छ। साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ।
