• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वर्तमान व्यवस्था र चुनावले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ: राजेन्द्र लिङ्देन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ७, बिहीबार ११:५९
वर्तमान व्यवस्था र चुनावले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ: राजेन्द्र लिङ्देन
13
SHARES
141
VIEWS

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्था र निर्वाचन प्रणालीप्रति कडा आपत्ति जनाउँदै मुलुक गम्भीर संकटतर्फ धकेलिएको चेतावनी दिएका छन् । सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले २०८४ मा हुनुपर्ने निर्वाचनलाई २०८२ मै जबरजस्ती गराइनुले समस्याको समाधान नहुने जिकिर गरे ।

अध्यक्ष लिङ्देनले सत्तापक्षले यही व्यवस्थालाई निर्विकल्प देखाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, “यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ । देश दुर्घटनातर्फ जाने निश्चित छ ।” उनका अनुसार समस्या केवल व्यक्ति वा पात्रमा मात्र नभई वर्तमान संसदीय व्यवस्थामा रहेकाले यसको समूल परिवर्तन आवश्यक छ ।

ADVERTISEMENT

देशमा कोही पनि पक्ष उपेक्षित हुन नहुने धारणा राख्दै लिङ्देनले एक नयाँ राजनीतिक सहमतिको खाका प्रस्तुत गरे । उनले भने, “देशमा कसैले पनि आफूलाई निषेधित भएको महसुस नगर्ने वातावरण बनाउनुपर्छ । यसका लागि राजा, राजनीतिक दल र नवयुवा (जेन-जी) पुस्ताबीच नयाँ समझदारी हुनु अनिवार्य छ ।”

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई एक सकारात्मक सुझावको रूपमा ग्रहण गर्न उनले अन्य राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।

आगामी निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई ‘देश रहने कि नरहने’ भन्ने गम्भीर प्रश्नसँग जोडिएको उनले दाबी गरे । सामाजिक सञ्जालको लहरमा नबगी गम्भीरतापूर्वक सोचेर मात्र मतदान गर्न उनले मतदातालाई आह्वान गरे ।

“देशलाई केन्द्रमा राख्दै ‘नेपाल प्रथम, नेपाली प्रथम’ को भावनासहित अघि बढ्न अब ढिला गर्नुहुँदैन,” लिङ्देनले भने । उनले व्यवस्था परिवर्तनका लागि निर्वाचनलाई एउटा आन्दोलनको रूपमा उपयोग गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

Previous Post

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा मूल समारोह; राष्ट्रपति र प्रधानमन्त्री सहभागी

Next Post

पर्सामा पैसा र भीडको चुनावी होड: ओझेलमा ‘एजेन्डा’ र योग्य उम्मेदवार

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In