बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा बिहीबार भएको बीभत्स सडक दुर्घटनाको शोकमा आज (शुक्रबार) नगरपालिकाभर शोक बिदा दिइएको छ।
मिति २०८२ माघ २२ गते पुर्चौंडी नगरपालिका वडा नं. ७, बडगाउँमा जन्ती सवार गाडी दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। उक्त त्रासदीपूर्ण घटनाले सम्पूर्ण नगरबासीलाई मर्माहत तुल्याएको भन्दै नगरपालिकाले आज एक दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
दुर्घटनामा ज्यान गुमाउनुहुने मृतकहरू प्रति नगरपालिकाले हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँहरूको आत्माको चिर शान्तिको कामना गरेको छ। आफ्ना प्रियजन गुमाउनु पर्दाको यो असह्य पीडाको घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना गरिएको छ। दिवङ्गत आत्माहरूको सम्मानमा मिति २०८२ माघ २३ गते शुक्रबारका दिन पुर्चौंडी नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, शिक्षण संस्थाहरू तथा स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा दिइएको छ।
नगरपालिकाले यस अपूरणीय क्षतिको घडीमा सम्पूर्ण नगरबासीलाई संयमित रहन र मृतकका परिवारजनप्रति सहानुभूति प्रकट गर्न अनुरोध समेत गरेको छ।