वीरगंज । मधेस प्रदेशको आर्थिक राजधानी वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगंज महानगरपालिकाले तीव्र पारेको छ। प्रतियोगिताका लागि तोकिएको ऐतिहासिक नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न अहिले रात(दिन नभनी मर्मत र निर्माणका कामहरू भइरहेका छन्।
तयारीको पछिल्लो अवस्था र कार्यप्रगति बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिएका छन्। शनिबार राति १० बजे मैदान पुगेका मेयर सिंहले निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै कामलाई थप गति दिन प्राविधिक र कर्मचारीहरूलाई निर्देशन दिए।ूहामीले खेलकुदको माध्यमबाट वीरगंजको गरिमालाई राष्ट्रिय स्तरमा बढाउनुपर्नेछ, त्यसैले तयारीमा कुनै पनि किसिमको सम्झौता वा कमी हुन दिने छैनौं,’ निरीक्षणका क्रममा उनले भने।
मैदानमा मुख्य पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीहरूलाई अभ्यास ९प्राक्टिस० का लागि थप पिचको आवश्यकता देखिएकाले अहिले नयाँ पिच निर्माणको काम सुरु गरिएको छ। मुख्य पिचभन्दा पश्चिम तर्फ रहेको खाली स्थानमा माटो भरेर नयाँ पिच बनाउने काम धमाधम चलिरहेको छ। तराईको चिसो र शीतको प्रवाहका बाबजुद पनि रातभर जेसिभी र मजदुरहरूको परिचालन गरी पिच र मैदान सम्याउने काम जारी राखिएको हो।
प्रतियोगिता नजिकिँदै गर्दा महानगरले मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घा ९प्यारापिट० को व्यवस्थापन र प्राविधिक पक्षलाई उच्च प्राथमिकतामा राखेको छ। चिसो मौसममा पनि राति १०(११ बजेसम्म मेयर आफैं उपस्थित भएर कामको अनुगमन गर्दा निर्माण टोली र स्थानीय खेलप्रेमीहरूमा उत्साह देखिएको छ। पिएम कपको यो आयोजनाले वीरगंजलाई पुनः देशकै प्रमुख क्रिकेट ‘हब’ को रूपमा स्थापित गर्ने विश्वास महानगरले लिएको छ।

