अमलेखगञ्ज । नेपाल मगर संघ बाराको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । बाराको अमलेखगञ्जमा सम्पन्न अधिवेशनले राजकुमार थापा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लिला राना मगर, महिला उपाध्यक्षमा चन्द्रिका कुमारी मगर (निजगढ), उपाध्यक्षमा कृष्ण बहादुर थापा मगर (कोल्हवी) र कूल बहादुर सुनारी मगर (सिमरा), सचिव नरेश मगर (अमलेगञ्ज, सहसचिव बाबुराम थापा मगर (निजगढ), कोषाध्यक्ष युवराज आले मगर (महेन्द्रनगर) चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा गिर बहादुर राना मगर, बालकुमारी थापा मगर, अञ्जु मसराङ्गी मगर, ज्ञानु आले मगर, गुन बहादुर राना मगर, सञ्जना अस्थानी मगर, राजेश थापा मगर, सीता दु्रङच्याङ मगर, अनिल लामिछाने मगर, उत्तम कुमार जर्गा मगर, गंगा बुढा मगर, कमला मगरलाई चयन गरिएको छ ।
पाँचजना सदस्य भने पछि मनोनित गर्ने सहमति भएको निर्वाचन समितिकी संयोजक संगीता थापा मगरले जानकारी दिईन् ।
यसअघि यम बहादुर जर्गा मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभागका इञ्चार्ज जगत रेश्मी मगरले उदघाटन गरेका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपमहासचिव छत्र लुङ्गेली मगर, सचिव रामकुमारी आले मगर, मधेस प्रदेश अध्यक्ष रुद्र बुर्जा मगर, प्रदेशसभा सदस्य मञ्जु सारु मगर, पूर्वप्रदेशसभा सदस्य सीता गुरुङ्ग, नेपाल मगर संघका केन्द्रीय सदस्य लेखराम जर्गा मगर, गणेश आले मगर, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका पूर्व इञ्चार्ज नीरज पिठाकोटे मगर
मगर संघ मधेस प्रदेशका सदस्य बाबु आले मगर लगायत विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा मगर समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उदघाटन समारोह अघि अमलेखगञ्जको मुख्यसडकबाट मगर समुदायको विभिन्न भेषभूषा र झाँकी सहित -याली कार्यक्रम स्थल हात्तिसारमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संघकी महिला सदस्य झरना मगर र सञ्चालन नरेश मगरले गरेका थिए ।