धनुषाधाम । धनुषाको धनुषाधाम नगरपालिकामा विभिन्न राजनीतिक दलका प्रभावशाली र सक्रिय नेताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
आइतबार आयोजित एक विशेष समारोहका बीच नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राप्रपा परित्याग गरी दर्जनौँ नेताहरू नेकपामा समाहित भएका हुन्।
नेकपा (एमाले) बाट अशेश्वर यादव, विल्टु मण्डल, विनिय मण्डल, परिछ्न यादव, महेन्द्र यादव, भूल्ला यादव, छेदु मण्डल, रामभक्त यादव र सुर्जा साह नेकपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट विशेश्वर मण्डल र अमर कुमार यादव, जसपा नेपालबाट मल्कु मण्डल र राप्रपाबाट रामचन्द्र यादव नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका नेताहरु मातृका प्रसाद यादव र शत्रुधन महतो लगायतले अविर र माला लगाएर स्वागत गरेका थिए । पार्टी नेतृत्वले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउँदै उनीहरूको सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेको छ।
नवप्रवेशी नेताहरूमा स्थानीय स्तरमा बलियो पकड भएका व्यक्तित्वहरू हुन् । उनीहरुको नेकपा प्रवेशले पार्टी थप बलियो बन्दै गएको र आउने निर्वाचनमा नेकपाका उम्मेदवार मातृका प्रसाद यादवको जित सुनिश्चित बनेको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका नेतृत्वले नवप्रवेशी नेताहरूलाई अबिर र माला लगाएर स्वागत गरेका थिए। एमाले र कांग्रेस जस्ता पुराना दलका सक्रिय कार्यकर्ताहरू पार्टीमा आउनाले धनुषाधाममा नेकपाको संगठन थप मजबुत भएको र यसले आगामी राजनीतिक समीकरणमा ठुलो अर्थ राख्ने विश्लेषण गरिएको छ।
नवप्रवेशी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा जनताको मुद्दा सम्बोधन गर्न र देशको समृद्धिका लागि नेपाली कम्युनिस्ट पार्टीको नीति र एजेन्डा नै उत्कृष्ट लागेकाले आफूहरूले पार्टी परिवर्तन गरेको बताएका छन्।
