वीरगन्ज । पर्सामा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल, रञ्जित साह कल्वार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दनिश सेखलगायत युवाहरू रास्वपामा प्रवेश गरेका हुन्।
कार्यक्रममा बोल्दै परबेज सेखले देश परिवर्तन गर्न सक्ने पार्टी रास्वपा भएकाले जेन्जी युवाहरू त्यसतर्फ आकर्षित भएको बताए। पर्सा सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनका लागि पैसाको चलखेल रोक्न युवालाई आह्वान गरे।
कार्यक्रम महानगर सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो।



