काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ। प्राप्त जानकारी अनुसार उहाँले आज दिउँसो २ बजेअघि नै राजीनामा बुझाउने सम्भावना रहेको छ।
मेयर शाहको यो कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। राजीनामा पश्चात् उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
आज दिउँसो २ बजेसम्ममा मेयर पद त्याग्ने र रास्वपाको वरिष्ठ नेता तथा केन्द्रीय सदस्यको रूपमा सक्रिय हुनेछ । रास्वपाले बालेन शाहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्ने बताइएको छ।
स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय राजनीतिको मुख्य भूमिकामा फड्को मार्ने बालेनको यो कदमले देशको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।
