काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापतिको निर्देशनमा केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झाले शनिबार सवा ३ बजे जुममार्फत बैठक बस्ने जानकारी दिएका छन् । बैठकमा पार्टी एकता र समायोजन सम्बन्धी एजेन्डामाथि छलफल हुनेछ ।
कुलमान संरक्षकत्वको उज्यालो नेपाल पार्टीसँग भएको सहमति कार्यान्वयनमा सहमति जुट्न नसक्दा दुवै पक्षबीचका पछिल्ला छलफल असफल भएका छन् ।

