हेटौँडा । मकवानपुरको भीमफेदीमा आइतबार भएको टाटा सुमो दुर्घटनामा उपचारका क्रममा मृत्यु हुने ६ जनाको परिचय खुलेको छ ।
भीमफेदी–६ जुरीखेतस्थित सडक खण्डमा सुमो करिब १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको हेटौँडा अस्पतालमा मृत्यु भएको हो, जसमा दुई जना भारतीय नागरिक रहेका छन् भने दुई जनाको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका सुमो चालकसहित दुई जनालाई अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

