काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज वृहत् राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्दैछ ।
कुलमान घिसिङ र बालेन्द्र शाहजस्ता व्यक्तित्व जोडिएपछि राष्ट्रिय राजनीतिमा चर्चा बढाएको रास्वपामा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का असन्तुष्ट नेताकार्यकर्ता प्रवेश गर्न लागेका हुन् ।
रञ्जिता श्रेष्ठले नेकपा रोजेपछि असन्तुष्ट बनेका रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना रास्वपामा समायोजन हुन लागेका छन् । यसबाट रास्वपाको थरुहट–थारुवान क्षेत्रमा उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ ।
समायोजन घोषणा सभा आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुँदैछ ।

