काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबारदेखि बिक्री खुला भएको छ ।
संस्थापक ७० प्रतिशत र सर्वसाधारण ३० प्रतिशत सेयर स्वामित्व कायम गर्न लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको हो ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

