काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी सचिव महेश बस्नेतले बैठकका अध्यक्षबाट प्रस्तुत नामहरूमा आएका सुझाव समेटी अन्तिम टुंगो लगाएर आयोगमा पेस गर्ने निर्णय भएको जानकारी दिएका छन्।
