वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने निर्वाचन आयोगको समयसीमा आज सकिँदैछ।
केही दलले आइतबार नै बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज आयोग पुग्ने तयारीमा छन्। नेपाली कांग्रेसले भने बन्दसूची टुंग्याउन नसकेको जनाएको छ। कांग्रेसले समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताउँदै आएको छ।
कांग्रेससँगै एमाले, नेकपा र रास्वपालगायत दलहरू आज बन्दसूची पेस गर्ने तयारीमा छन्।
