मलेखु । नागढुंगा–मलेखु सडकखण्डमा भइरहेको स्तरोन्नति कार्यका कारण दैनिक पाँच घण्टा आंशिक बन्द गरिँदै आएकोमा आज र भोलि (शुक्रबार–शनिबार) मात्र सडक खुला गरिएको छ।
एमालेको ११औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई ध्यानमा राखी दुई दिनका लागि आवतजावत नरोकिएको हो।
नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार मंसिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:30 सम्म सडक बन्द गरेर काम भइरहेको छ।
दुई दिनपछि भने पहिल्यै तय भएको कार्यतालिकाअनुसार पुनः बन्द गरेर स्तरोन्नति कार्य जारी रहने जनाएको छ। रासस
