काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि आवेदन खुला गरेको छ। शुक्रबार जारी सूचनाअनुसार २१ जना इन्सपेक्टर र ४३८ जना असई भर्ना गरिनेछ।
इन्सपेक्टर: आवेदन मिति पुस ६ – माघ ५
असई: आवेदन मिति पुस ९ – माघ ८
दरखास्त अनलाइनमार्फत भर्न सकिनेछ।
शुल्क: इन्सपेक्टरका लागि रु १,२००, समावेशी समूह थपेमा रु २४० अतिरिक्त।
असईका लागि रु ५००, समूह थपेमा रु १०० अतिरिक्त।
उमेर सीमा:
इन्सपेक्टर: २०–२५ वर्ष
असई: १८–२४ वर्ष
नेपाल प्रहरीले दरखास्त समयमै भर्न सबैलाई अनुरोध गरेको छ।

