वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले शनिबार जनकपुरको तिरुहुतिया गाछीमा आयोजना गरिएको मधेस प्रदेश स्तरीय सन्देशसभामा गाएको शायरीको तत्कालिन नेकपा (माओवादी केन्द्र) का युवा नेता रहबर अन्सारीलेले व्यंगात्मक प्रहार गरेका छन् ।
विभिन्न कम्युनिष्ट घटकहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि र मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साहलाई पुर्नबहाली गरेपछि असन्तुष्टि जनाउदै प्रदेशको राजनीतिलाई नै नयाँ मोडमा पु-याएका युवा नेता तथा प्रदेशसभा सदस्य रबहर अन्सारीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता सन्देशसभामा व्यक्त गरेको क्रान्तिकारी शायरीको व्यंग्यात्मक जवाफ दिएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको मधेस प्रदेश स्तरीय एकता सन्देशसभामा प्रचण्डले सर्वहारा वर्गको क्रान्तिको भाव बोकेको कविताका पङ्क्ति वाचन गरेका थिए ।
प्रचण्डले वाचन गरेको शायरी यसप्रकार छ :
सागरकी तुफानको भी हमे बसमे किया है
पहाड व चट्टानका पथ मोड दिया है
होगा ना कोही हिटलर, ना कोही नबाव
हम सर्वाहारा की आवाज
इन्कलाब इन्कलाब इन्कलाब
हम सर्वहारा वर्गकी इन्कलाब
सोही शायरीमाथि व्यंग्य गर्दै युवा नेता रहबर अन्सारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक जवाफी टिप्पणी पोस्ट गरेका छन् । प्रचण्डले ‘इन्कलाब’ (क्रान्ति) को उद्घोष गरिरहँदा अन्सारीले जीवनको नश्वरता र यथार्थलाई प्रस्तुत गरेका छन् ।
अन्सारीले फेसबुकमा लेखेका छन्ः बस जिंदगी के सफर के मजे लो मंजिल तो सबकी मौत ही है इंक़लाब इंक़लाब इंक़लाब

पार्टीका उच्च नेताले क्रान्तिको भावुक सन्देश दिइरहँदा सोही पार्टीका युवा नेताले यस्तो व्यंग्यात्मक जवाफ दिनुले राजनीतिक वृत्तमा चासो बढाएको छ । यसले प्रचण्डको क्रान्तिको नारा र युवा नेताको यथार्थवादी दृष्टिकोणबीचको वैचारिक भिन्नतालाई उजागर गरेको विश्लेषण गरिएको छ ।

